Loading... आजः ५ असार २०७८, शनिबार
कोरोना कहर

कोरोना अपडेट : एकैदिन थपिए १०९६ जना संक्रमित, ८ जनाको मृत्यु

आइसीयूमा ११६ जना र भेन्टिलेटरमा ४६ जना
कोरोना अपडेट : एकैदिन थपिए १०९६ जना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १०९६ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएकोमा १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा ३२६ जना, ललितपुर जिल्लामा ६४ जना र भक्तपुर जिल्लामा ४५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बितेको २५ घण्टामा २६२ जना संक्रमित निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । हाल आइसीयूमा ११६ जना र भेन्टिलेटरमा ४६ जना संक्रमितको उपचार भइरहेको छ ।