Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार
समाचार

‘फ्लोर–क्रस’ गरेर सरकार जोगाइदिने एमालेका तीन सांसदलाई मन्त्री उपहार

‘फ्लोर–क्रस’ गरेर सरकार जोगाइदिने एमालेका तीन सांसदलाई मन्त्री उपहार

सुर्खेत । पार्टीको निर्देशन (ह्विप) विपरीत ‘फ्लोर–क्रस’ गर्दै विश्वासको मत दिएर आफ्नो पद र सरकार जोगाइदिने एमालेका तीन सांसदलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन् ।

विश्वासको मत लिएको भोलिपल्ट शनिबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री शाहीले ‘फ्लोर–क्रस’ गर्ने एमालेका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्ति गरेका हुन् ।

शनिबारै एमाले प्रदेश कमिटीले उनीहरूलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाहीका लागि पार्टीको केन्द्रमा सिफारिस गरेको छ । मुख्यमन्त्री शाहीले नेपाली काँग्रेसलाई पनि सरकारमा समेट्ने तयारी गरेका छन् । थप मन्त्री आइतबार टुंगो लाग्ने र सकेसम्म सँगै शपथ गराउने बताइएको छ ।