Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसद कारबाहीमा

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसद कारबाहीमा

सुर्खेत । नेकपा (एमाले)ले कर्णाली प्रदेशमा पार्टी निर्देशनविपरित ‘फ्लोर क्रस’ गर्दै माओवादी मुख्यमन्त्रीका पक्षमा मत दिने एमाले सांसदलाई कारबाही गरेको छ ।

प्रदेश सभामा शुक्रबार भएको मतदानमा एमालेका चार जना सांसदले माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएपछि उनको पद जोगिएको थियो । मुख्यमन्त्री शाहीको पक्षमा एमालेको माधवकुमार नेपाल पक्षका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए ।

एमाले कर्णाली प्रदेश सभाका प्रमुख सचेतक गुलावजंग शाहले पार्टी ह्विप उल्लंघन गर्ने एमाले सांसदलाई कारबाही गरेको बताए । ‘उहाँहरुलाई संसद र पार्टीबाट निस्काशित गर्ने गरी कारबाही गरिएको छ,’ शाहले भने । एमालेको कर्णाली प्रदेश संसदीय दलले शुक्रबारको प्रदेश सभा बैठकअघि मुख्यमन्त्रीका विरुद्ध मतदान गर्न ह्विप जारी गरेको थियो ।