Loading... आजः २८ बैशाख २०७८, मंगलवार

बाँके र मोरङमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

बाँके र मोरङमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

बाँके । मोरङ र बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान साढे चार बजेतिर मृत्यु भएको हो।

अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै कोरोना भाइरसबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो।