Loading... आजः ५ असार २०७८, शनिबार

च्याम्पियन्स लिग : चेल्सी र पीएसजी सेमिफाइनलमा

च्याम्पियन्स लिग : चेल्सी र पीएसजी सेमिफाइनलमा

एजेन्सी । इंग्लीश फुटबल क्लब चेल्सी र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा पोर्चुगलको एफसी पोर्टोसँग १–० ले पराजित भएपनि समग्रमा २–१ को जित निकाल्दै चेल्सी सेमिफाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा चेल्सीले पोर्टोलाई २–० ले हराएको थियो ।

गएराति नैं भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै फ्रान्सको पिएसजी पनि सेमिफाइनलमा उक्लियो । फ्रान्समा भएको दोस्रो लेगको खेल वायर्न म्युनिखले १–० ले जित्यो ।

पहिलो लेगमा पिएसजी ३–२ ले विजयी भएको अवस्थामा दोस्रो लेगपछि खेल ३–३ गोलको बराबरीमा पुग्यो । यसपछि अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुग्दा साविक विजेता बायर्न निराश हुनुप¥यो ।

च्याम्पियन्स लिगका बाँकी दुई क्वाटरफाइनल खेल आज राति हुनेछन् । आज जर्मनीको बोरुसीया डर्टमण्डले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्दा अर्को इंग्लीश क्लब लिभरपुलले स्पेनको रियाल मड्रिडसँग खेल्नेछ ।