Loading... आजः १ जेष्ठ २०७८, शनिबार

लिबिया र टर्कीद्वारा समुद्री सीमा विवाद समाधान गर्ने सहमति

लिबिया र टर्कीद्वारा समुद्री सीमा विवाद समाधान गर्ने सहमति

एजेन्सी । लिबिया र टर्कीले विवादास्पद समुद्री सीमा सम्झौता गर्ने प्रतिवद्धता जनाएका छन् ।

लिबियाको नयाँ अन्तरिम सरकारका प्रमुख प्रधानमन्त्री अब्दुल हामिद दबीबा र टकर्कका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनले सन् २०१९ को विवादास्पद समुद्री समुद्री सम्झौताको पूर्णरुपमा पालना गर्ने बताएका हुन् ।

लिबियाका प्रधानमन्त्री अब्दुल हामिदले लिबियाको पुर्ननिर्माण र एकतकाा लागि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यस्तै टर्कीले पनि अफ्रिकी मुलुकहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताइएको छ । त्यसैगरी त्रिपोलीमा रहेका महामारी अस्पतालको व्यवस्थापन र सुविधा थपका लागि सहयोग गर्ने राष्ट्रपति एर्दोगनले बताएका हुन् ।

टर्की र लिबियाले भूमध्य सागर र दुई देशबीच सीमांकन गर्ने बताएपनि त्यसको साइप्रस र ग्रीसले विरोध गर्दै आएका छन् ।