Loading... आजः ५ असार २०७८, शनिबार

भारतमा एकैदिन १ लाख ७० हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन १ लाख ७० हजार कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा पछिल्लो एकैदिन झण्डै १ लाख ७० हजार कोरोना संक्रमित थपिएपछि कतै लकडाउन त कतै रात्रीकालिन कफ्र्यु जारी गरिएको छ । भारतको मध्यप्रदेशको भोपालमा बेलुकी ९ बजेदेखि बिहान ६ बजे सम्म पुर्णरुपमा लकडाउन घोषणा गरिएको हो ।

भोपालमा एक सातका लागि लकडाउन घोषणा गरिएको छ । लकडाउनको अवधिमा जिल्लाको अस्पताल, औषधी पसल मात्रै खुल्ने छ । खाद्यान्न पसलदेखि अन्य व्यापारिक गतिविधिमा पूर्णरुपमा रोक लगाइएको छ ।

यसैगरी महाराष्ट्रमा रात्री कफ्र्युको समय २ साताका लागि लम्ब्याइएको छ । महाराष्ट्रमा हिजो एकैदिन २ सय ५० भन्दा बढीकोे मृत्यु भएपछि त्यहाँको राज्य सरकारले रात्री कर्फ्यूको समय लम्बाएको हो ।

महाराष्ट्रमा हिजो एकैदिन ५१ हजार ७ सय बढी कोरोना संक्रमित पुष्टी भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा पनि संक्रमण दर उच्च भएको छ । त्यहाँ एकैदिन ७२ जनको मृत्यु भएको छ भने संक्रमितको संख्या दर १२ दशमलव ४४ पुगेको छ ।

जवकि अघिल्लो महिना संक्रमित दर १२ दशमलव ९ प्रतिशत थियो । भारतमा पछिल्ला केही दिनयता निरन्तर एक लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

थपिएकामध्ये सबैभन्दा धेरै महराष्ट्र राज्यमा छन् भने नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा संक्रमितको संख्या दिनानुदिन १५ हजारको हाराहारीमा रहने गरेको छ ।

भारतमा हालसम्म १ करोड ३६ लाख ८६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ । १ लाख ७१ हजारको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा करिब १० करोड मानिसलाई कोरोनाको खोप लगाइएको छ ।