Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

दोलखामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, १७ घाइते, पाँचको अवस्था गम्भीर

दोलखामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, १७ घाइते, पाँचको अवस्था गम्भीर

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनुभयो ।

प्रदेश ३-०१०२३-७५८० नम्बरको बोलेरो राति १० बजे दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा विगु ३ का २४ वर्षीय विनोद केसी, ४५ वर्षीय अजित खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा विगु-३ का वडाध्यक्ष श्रीराम खड्का पनि घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि काठमाडौ पठाइएको छ ।

प्रहरी निरीक्षक कोइरालाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ । २ जनाको दोलखामै र १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।