Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

छोरीको जन्मदिनमा बझाङका एक दम्पतीले गरे धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

छोरीको जन्मदिनमा बझाङका एक दम्पतीले गरे धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

बझाङ ।  छोरीको जन्मदिनका अवसरमा बझाङका एक दम्पतीले धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेका छन ।

धनगडि उपमहानगरपालीकाकी महिला विकास अधिकृत पंकजा जोशी र जिल्ला अदालत बझाङका डिठ्ठा लक्ष्मीराज जोशीले छोरीको जन्मदिनको अवसर पारेर १० हजार सहयोग गरेका छन ।

उनले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन । उनले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताएका छन ।

फाउण्डेसनको बैँक खातामा सो रकम मोबाइल बैङ्किङ मार्फत धुर्मुस–सुन्तली फाउण्डेसनको खातामा जम्मा गरेको जोशीले बताएका छन ।