Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

गोली हानी एक व्यापारीको हत्या

गोली हानी एक व्यापारीको हत्या

सिरहा । सिरहाको लहानमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन् । लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ ।

डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए । उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

अनिताको लहान अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको छ । अर्का एकजनालाई पक्राउ गरे पनि प्रहरीले उनको नाम भने खुलाएको छैन ।