Loading... आजः १ जेष्ठ २०७८, शनिबार

बलिउडमा शोक : रहेनन् चर्चित अभिनेता तारिक शाह

बलिउडमा शोक : रहेनन् चर्चित अभिनेता तारिक शाह

चर्चित बलिउड अभिनेता तथा निर्देशक तारिक शाहको निधन भएको छ । शनिवार बिहान मुम्बईको एक प्राइभेट अस्पतालमा उनको निधन भएको हो । उनी अभिनेत्री शोमा आनन्दका पति हुन् ।

उनीहरुकी एक छोरी छिन्, जसको नाम सारा रहेको छ । तारिक गत दुई वर्ष यता किड्नी सम्बन्धी रोगसँग लडिरहेका थिए । उनले बहार आने तक (१९९०), महात्मा (१९९७) र मुम्बई सेन्ट्रल (२०१६) जस्ता फिल्ममा काम गरेका थिए ।

साथै उनले जन्म कुण्डली, बाहर आने तकको निर्देशन पनि गरेका थिए ।