Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु

काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् ।

सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो ।

राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए ।

ताइवानका राष्ट्रपतिले यो दुर्घटना दशककै ठूलो भएको बताएका छन् ।