Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

नेकपा एमालेमा माधव नेपाल समूहले आज घोषणा गर्दैछ ‘विशेष अभियान’

नेकपा एमालेमा माधव नेपाल समूहले आज घोषणा गर्दैछ ‘विशेष अभियान’

काठमाडौं ।  नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज विशेष अभियान कार्यक्रमहरु घोषणा गर्ने भएको छ । यी कार्यक्रम देशैभर संगठन विस्तार तथा सुदृढीकरणका लागि अभियानका रुपमा घोषणा गर्न लागिएको हो ।

त्यस्तै, यसअघि यही समूहले गरेको राजनीतिक प्रतिवेदनलाई पनि माधव समूहले कार्यकर्तामाझ लैजाने नीति लिएको छ । यस विषयमा विस्तारमा आज घोषणा हुनसक्ने माधव नेपाल समूहका एक नेताले फरकधारलाई बताएका छन् ।

यो समूहको स्थायी कमिटी सदस्यको बैठक शुक्रबार बसेको थियो । त्यही बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई अगाडि बढाउने विषयमा छलफल भएको हो ।

यस अभियानलाई आज अन्तिम स्वरुप दिने नेपाल समूहले जनाएको छ ।