Loading... आजः १ असार २०७८, मंगलवार

मेलम्ची खानेपानी : औपचारिक रूपमा राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्ने तयारी

मेलम्ची खानेपानी : औपचारिक रूपमा राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्ने तयारी

काठमाडौं । काठमाडौंमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार, दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् ।

हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भएको छ ।

यसैबीच, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरू गरेको छ ।