Loading... आजः ५ असार २०७८, शनिबार

माधव पक्षको आज स्थायी कमिटी बैठक बस्दै

माधव पक्षको आज स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका झलनाथ-माधव पक्षले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो।

एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए।

आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो। खनाल-नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ।

यो समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन्।