Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

जनगणना २०७८ जेठ २५ देखि असाढ ८ सम्म हुने

जनगणना २०७८ जेठ २५ देखि असाढ ८ सम्म हुने

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनाको मुख्य गणना कार्य जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन गरिनेछ ।

यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्नेछन् ।

यो वर्ष करिब ८० वटा प्रश्न लिएर ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक जनगणनाको लागि प्रत्येक घरमा पुग्नेछन् ।