Loading... आजः १ असार २०७८, मंगलवार

आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, तुवाँलो हटेन

आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, तुवाँलो हटेन

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले देशको पहाडी भूभागहरुमा आंशिक बदलिको अवस्था रहनुका साथै बाँकी भूभागहरुमा बदली नरहेता पनि तुवाँलो कायमै रहेको जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथ चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै राति  पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने पूर्वानुमान छ।