Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते, चालक फरार

बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते, चालक फरार

बैतडी । महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा जिपका साहु दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन् ।

घाइतेमध्ये जनकको बाँया खुट्टा र हात चोट रहेको छ भने अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते धामीको स्थानीय क्लिनिकमा उपचार भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयाे ।

कैलालीको अत्तरियाबाट दार्चुला जान लागेको भे १ च ३५११ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडा बजार नजिकै बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति कम भएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।

दुर्घटना लगत्तै फरार अपिहिमाल–५ का चालक विरेन्द्र धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।