Loading... आजः १ असार २०७८, मंगलवार

निलम्बित नेपालले आफू निकट नेताहरुलाई छलफलमा बोलाए

निलम्बित नेपालले आफू निकट नेताहरुलाई छलफलमा बोलाए

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेता नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसअघि हिजो नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको बताइएको छ ।