Loading... आजः १ असार २०७८, मंगलवार

विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ
सांकेतिक तस्वीर

बझाङ । आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहमाथि कक्षा ९ मा अध्ययनरत गाँउकै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोप छ ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत्र १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् । पक्राउ परेका शिक्षकलाई हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख एवं प्रहरी नायव उपरीक्षकरुपक खड्काले जानकारी दिए ।