Loading... आजः ५ असार २०७८, शनिबार

बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते

बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते
फाइल तस्वीर

बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु रहनु भएको छ ।

बाघको आक्रमणबाट घाइते थारुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । उहाँलाई उपचारकालागि नेपागञ्ज लगिएको छ ।

घर नजिकैको धान खेतमा सिचाइ गर्न निस्केका बेला बाँसघारीबाट आएको बाघले सोमबार बिहान चौधरीलाइ आक्रमण गरेको स्थानीय रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रय निकुञ्ज अन्तर्गत बञ्जरिया पोष्टको टोली र इलाका प्रहरी कार्यलय पाताभारको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

जंगली बाघ आतंकबाट स्थानीय आक्रान्त बनेका छन् ।