Loading... आजः १ असार २०७८, मंगलवार

पहाडी भू–भागका केही ठाउँमा पानी पर्ने सम्भावना

पहाडी भू–भागका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । पानी परेको स्थानमा प्रदूषण केही कम हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

आज राति प्रदेश १ लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।