Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि बोलाउने निर्णय गरेको छ ।

शुक्रबार प्रदेशको अस्थायी मुकाम बुटवलमा बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ मा प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए ।

यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका दाङको देउखुरी तोकिएपछि प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रदेशसभाको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको राप्ती प्राविधिक शिक्षालयमा गर्ने गृहकार्य गरे पनि उक्त शिक्षालयको जग्गा प्रदेशलाई प्राप्त नहुँदा बैठक बुटवलमै बस्न लागेको हो ।