Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

नेपालमा त्रिदेशीय क्रिकेट सिरिज आयोजना हुने

नेपालमा त्रिदेशीय क्रिकेट सिरिज आयोजना हुने

काठमाडौं । नेपालमा त्रिदेशीय क्रिकेट सिरिज आयोजना हुने भएको छ ।

त्रिदेशीय क्रिकेट सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने भएको हो ।

तीनवटै टोलीले एकआपसमा २-२ टि-२० खेल खेल्ने छन् । पछि शीर्ष दुई टोलीले सिरिजको फाइनल खेल्ने क्यानले जनाएको छ ।

कोरोना महामारीले असर नगरे प्रतियोगिता टियु क्रिकेट मैदान कीर्तिपुरमा अप्रिल १७ देखि २४ सम्म हुने क्यानले जनाएको छ ।

कोरोना महामारीका कारण केही दिनअघि नै सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरेको भए पनि संक्रमण बढेकाले मिति सार्वजनिक नभएको निकट स्रोतले बताएको छ ।

कोरोनाले सिरिज नरोकिएमा खेलाडीलाई छिट्टै बन्द प्रशिक्षणमा राखिने क्यानले जनाएको छ ।