Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार

होली नखेल्न जिल्ला प्रशासन कार्यालयको आग्रह

होली नखेल्न जिल्ला प्रशासन कार्यालयको आग्रह

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोभिड – १९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा देश जुटिरहेका बेला तथा देशमा पछिल्लो समयमा संक्रमणको अवस्था सामान्य भएको भए पनी छिमेकी राष्ट्र भारत लगाएतका विभिन्न राष्ट्रहरुमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएकाले सुरक्षित रहनका लागी जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेको छ ।

गृह मन्त्रालयको चैत ९ गते कोभिड –१९ बाट जोगिन अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न ,माक्स सेनिटाइजर र नियमित प्रयोग गर्नुका साथै भेला,सभा सम्मेलन,पर्व जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न निर्देशन दिएपछी उक्त निर्णय कार्यन्वयनका लागी आफुहरुले पनी सुचना जारी गरेको जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्कीले बताउनु भयो ।

साथै अधिकारी सार्कीले आउदै गरेको होलीलाइ मध्यनजर गरी सभा, भेला जस्ता कार्यक्रममा सहभागी नहुँन आग्रह गरेको बताउनु भयो । महामारीका रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय बझाङमा सामान्य भए पनी बझाङबाट रोजगारीको लागी भारत लगाएत अन्य छिमेकी राष्ट्रहरुमा धेरै जसो मानिसहरु जाने भएकाले बझाङ जिल्ला उच्च जोखीममा रहेको समेत बताउनु भएको छ ।

भारतमा रोजगारीका लागी गएकाहरु भारतमा कोराना संक्रमणको संख्या बढे संगै नेपाल फर्कन थालेका छन । त्यसमा पनी अधिकांस व्यक्तिmहरु सुदुरपश्चिमका मानिसहरु भएकाले जिल्लामा थप संक्रमण भएपछी केके गर्ने भनेर पुर्व तयारी गर्नका लागी बुधबार जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।

साथै बझाङ जिल्लामा कोभिडको अवस्था सामान्य भएपछी सुरु हुन लागेका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई उक्त सुचना मार्फत जिल्ला प्रशासन कार्यालय बझाङले आग्रह गरेको छ ।

साथै उक्त सुचना विपरितका कार्यहरु गरे गराएको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारवाही गरिने समेत अधिकरीले बताउनु भयो ।