Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन सम्वन्धमा मिडिया नेपालको सार्वजनिक आह्वान

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन सम्वन्धमा मिडिया नेपालको सार्वजनिक आह्वान

काठमाडौं ।  नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत यहि चैत्र २५मा तोकिएको आसन्न निर्वाचनको प्रक्रियालाई मिडिया नेपालले नजिकबाट नियालिरहेको छ।

यस निर्वाचनको माध्यमबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरु गरि तीनै तहमा नयाँ नेतृत्व चयन हुने दृष्टिबाट समेत यस चुनावले देशभरका संचारकर्मीहरुको ध्यान तानेको छ।

नेपालकै पुरानो नागरिक संस्था एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पहरेदार संस्थाको नाताले नेपाल पत्रकार महासंघ देशभर क्रियाशिल रहेका सबै भेग, विचार, समूहका पत्रकारहरुको साझा मंचको रुपमै अघी जानुपर्छ भन्ने मान्यता मिडिया नेपालको रहेको छ र यसमा प्रतिवद्धता जनाउँछ।

आसन्न निर्वाचनको सन्दर्भमा पनि पत्रकारीतासँग सम्बन्धित सबै संघ संस्थाहरुलाई एकठाउँमा उभिइ पत्रकार महासंघलाई सबै अट्ने साझा फुलवारी बनाउने गरि अघी बढ्न तथा पत्रकारीता क्षेत्रका क्रियाशिल र विचार समूहका सबै संघ संस्थाहरुलाई सामुहिक निर्णय लिने गरि अघी बढ्न आह्वान गर्दछौ।