Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

बार्सिलोनाको जित, मेस्सीले बनाए सर्वाधिक धेरै खेल्ने कीर्तिमान

बार्सिलोनाको जित, मेस्सीले बनाए सर्वाधिक धेरै खेल्ने कीर्तिमान

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडमाथि सानदार जित निकालेको छ ।

बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र सर्जिनो डेस्टले समान दुई गोल गर्दा एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले समान एक/एक गोल गरे ।

सोसिडाडका एन्डर बारेनेटसेयाले एक गोल फर्काए । जितपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २८ खेलबाट ६२ अंक पुगेको छ ।

शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ अंक रहेको छ । पराजित रियल सोसिडाड ४५ अंक जोडेर पाँचौ स्थानमा छ । यसैबीच यो खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् । मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन्। एजेन्सी