Loading... आजः १ जेष्ठ २०७८, शनिबार

बाँकेको डुडुवा गाउँपालिकामा मानव अधिकार रक्षक सञ्जाल गठन

बाँकेको डुडुवा गाउँपालिकामा मानव अधिकार रक्षक सञ्जाल गठन

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा आज पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ ।

ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना गरिएको कार्यक्रममा १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

सञ्जालको अध्यक्षमा भागीरथी चन्द, उपाध्यक्षमा रमेश यादव, सचिवमा उदयराज जयसवाल, सहसचिवमा रोशनी थापा र कोषाध्यक्षमा कुन्नी जयसवाल चयन भएका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा केलाराम महावत, नन्दरानी मौर्य, धरमवीर सोनी, शारदा हरिजन, यसोदा यादव, इमरान खाँ, विना बि क, हेमा थापा चयन भएका छन् ।

सञ्जाल गठन भएसँगै आज नै पहिलो बैठक पनि बसेको छ । बैठकले जिल्लामा हुने मानव अधिकार रक्षक सञ्जालको तालिममा सहभागि पठाउने निर्णय पनि गरेको छ ।

सञ्जाल गठन कार्याक्रममा ईन्सेक लुम्बिनी प्रदेश कार्यालयका अधिकृत सरस्वती मल्ल, सदस्यहरु बिनोद पाण्डे र कृष्ण मुरारी प्रसाद भट्टको उपस्थतिी रहेको थियो ।

त्यसैगरी मिडिया नेपालका केन्द्रिय सदस्य काशीराम शर्मा र अनलाईन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपानेको समेत सहभागिता रहेको थियो ।