Loading... आजः १ जेष्ठ २०७८, शनिबार
एमाले विवादः

नेकपा एमालेको नेपाल-खनाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै

भेला बुधबार र बिहिबार चल्ने
नेकपा एमालेको नेपाल-खनाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो ।

बुधबार र बिहिबार चल्ने भेलाका लागि विभिन्‍न जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् ।सो समूहले भेला आयोजना गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए । तर वार्तामा कुरा मिल्न नसकेपछि आजदेखि भेला सुरु हुन लागेको हो ।

भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।