Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

प्रिमियर लिग : लिसेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

प्रिमियर लिग : लिसेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै ५३ अंक बनाएर लिसेस्टर सिटी दोस्रो स्थानमा पुगेको हो । यसअघि म्यानचेस्टर युनाइटेड ५१ अंकसहित दोस्रो स्थानमा रहेको थियो ।

गएराति भएकै अर्को खेलमा साउथ ह्याम्पटनले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै साउथ ह्याम्पटनको ३३ अंकसहित १४ औँ स्थानमा छ । सेफिल्ड युनाइटेड १४ अंकसहित २० औँ स्थानमा रहेको छ ।

यस्तै आर्सनल र बर्नलीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको छ भने एस्टोन भिल्ला र वुल्भ्सबीचको खेल गोलरहित बराबरी भएको छ ।