Loading... आजः १ जेष्ठ २०७८, शनिबार

सरकार र विप्लव समूहबीच सहमति स्वागतयोग्यः कमल थापा

सरकार र विप्लव समूहबीच सहमति स्वागतयोग्यः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् ।

उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए । अध्यक्ष थापाले शान्तिपूर्ण राजनितीमा आए भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपुर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्छ भने ।

बुटवलमा शुक्रबारदेखि शुरु भएको सा पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमाबन्दीमा परेकाले सत्यतथ्य र निष्पक्ष समाचारले ठाउँ नपाएको बताए ।
मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईलगायतले शुभकामना दिएका थिए ।