Loading... आजः ३ बैशाख २०७८, शुक्रबार

देउवासहित कांग्रेसका शीर्ष नेता चितवन जाँदै

देउवासहित कांग्रेसका शीर्ष नेता चितवन जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन जाँदैछन् ।

नेपाली कांग्रेसका दिवंगत नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन जान लागेका हुन् ।

कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुने बताइएको छ । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।