Loading... आजः १ जेष्ठ २०७८, शनिबार

पृथ्वी खनालको ‘शिव ताण्डव’ बजारमा

पृथ्वी खनालको ‘शिव ताण्डव’ बजारमा

काठमाडौं । गायक तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले ‘शिव ताण्डव’ बजारमा ल्याएका छन् । द भोइस अफ नेपाल सिजन २ बाट नेपाली सांगितिक आकाशमा उदाएका गायक पृथ्वी खनालले बिल्कुलै फरक शैलीमा शिव ताण्डव बजारमा पस्केका छन् ।

नेपाली लोक मौलिक बाजागाजाद्वारा सम्योजीत संगीतमा गायक पृथ्वी खनालको स्वर र देवेश राइले संगीत संयोजन गरेका छन् । भिडियोमा पृथ्वी र स्वजन रघुबंसी लाई मुख्य भुमिकामा देख्न सकिन्छ । पृथ्वीले भगवान शिवको पूजारीको भूमिका निर्बाह गरेका छन् ।

ज्योति प्रोडक्सनले पोस्ट उत्पादन गरेको उक्त भिडियो ग्रीश्मा भट्टको निर्माण, पीटर गुरुङको छायाकन बिष्णुहरि तिमल्सिनाको सम्पादन र आरसी रिमालको सहायक निर्देशन, पृथ्वी खनालको कथा निर्देशनमा बनाइएको छ । शिव तान्डव महाशिवरात्रीको अवसरलाई मध्यनजर गरी Prithvi khanal यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।