Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

नवलपरासीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा दुई चालकको मृत्यु

नवलपरासीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा दुई चालकको मृत्यु

काठमाडौं  ।  पुर्वी नवलपरासीको देवचुली–२ दुम्कौली चोकमा गए  राति दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ७०२३ नम्बरको ट्रक र पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठक्कर खाँदा दुई ट्रकका चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुर घर भएका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्की घर भएका ५१ वर्षीय खिम बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुवै ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ वर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएका छन् ।

उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।