Loading... आजः १ जेष्ठ २०७८, शनिबार

अमृत हत्याका प्रतिवादी पुर्पक्षका लागी जेल चलान

अमृत हत्याका प्रतिवादी पुर्पक्षका लागी जेल चलान

बझाङ ।  बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं ३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्वपक्षका लागि जेल चलान गरेको छ ।

मङ्गलवार अदालतले प्रतिवादीहरू वडा अध्यक्ष विकास ऐडी , प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञान बहादुर कठायतलाई कारागार चलान गरेको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिनुभएको छ ।

घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जया बहादुर रोकायालाई भने १ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । तर उनले एक लाख तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको जिल्ला अदालत बझाङले जानकारी दिएको छ ।

हत्याको अभियोग लागेका पाँचै जना यस अगाडी प्रहरी हिरासतमा थिए । गएको माघ १३ गते स्थानीय विध्यालय बान्नीचौर मा.वी.को विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरू बीच विवाद भएको थियो ।

सोही विषयलाई लिएर वडा अध्यक्ष विकास ऐडी उनका भाइसहितको टोलीले अमृत सिंहलाई एकाएक खुणा प्रहार गरी हत्या गरेका थिए ।