Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

भारतमा कोरोना विरुद्धको दोस्रो चरणको खोप मार्चबाट

भारतमा कोरोना विरुद्धको दोस्रो चरणको खोप मार्चबाट

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्चदेखि सुरु हुने भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोपको व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नु पर्नेछ ।

खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् ।

निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन, चार दिनपछि तोकिने छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् ।

कोरोनाको महामारीबाट धेरै प्रभावित मुलुकहरुको अग्रपङ्तिमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो ।