Loading... आजः २२ फाल्गुन २०७७, शनिबार

नयाँ रणनीति बनाउन प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

नयाँ रणनीति बनाउन प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलासँगै विकास भएको राजनीतिक घटनाक्रममा नयाँ रणनीति बनाउन ओलीले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएका हुन् ।

आज विहान ११ बजे बालुवाटारमा काठमाडौंमा उपलब्ध नेताहरुलाई प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटी सदस्य केशव बडालले जानकारी दिए । बडालका अनुसार उपलब्ध सदस्यहरुलाई बालुवाटार बोलाइएको हो । तर औपचारिक नभएको बडालको दाबी छ । उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

पार्टीको विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई खेमामा छ । हिजो सर्वोच्च अदालतले विघटन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली अहिले नैतिक संकटमा रहेका छन् ।