सिराहामा बस दुर्घटना हुँदा १३ जना घाइते

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ ।
यसैगरी सिरहाको गोलबजार नगरपालिका ४ पुरानो बसपार्कमा गएराति मोटरसाइकल र कार आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । प्रदेश २ ०१ ००१ प ६६५ र प्रदेश ३ ०१ ०२४ च २३१३ नम्बरको कार आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको र दुवैलाई उपचार गर्न भुमिजा अस्पताल पठाइएको सिरहा प्रहरीले जनाएको छ ।दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सत्यपाटी
११ फाल्गुन २०७७, मंगलवार