Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

श्रीमान‍्को हत्या, बुहारी र नातिले कुटपिट गर्दा अर्का एकको पनि मृत्यु

श्रीमान‍्को हत्या, बुहारी र नातिले कुटपिट गर्दा अर्का एकको पनि मृत्यु

कञ्चनपुर  ।  कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए । वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको उनले बताए ।

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ ।