Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं उपत्यकामा ४९ सहित ८० जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४९ सहित ८० जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो ३४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन् ।