Loading... आजः १९ फाल्गुन २०७७, बुधबार

राप्रपा टीकापुर अब आफ्नै भवनमा

राप्रपा टीकापुर अब आफ्नै भवनमा

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ ले टीकापुरमा भवन आफ्नै भवन बनाउने निर्णय गरेसँगै आज आफ्नो जग्गामा भवनको शिलान्यास गरेको छ ।

राप्रपाका पूर्व माननीय एवं केन्द्रीय सदस्य कैईया चौधरीले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नुभएको थियो । राप्रपा कैलाली क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष मान सिंह साउदको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा पार्टीका पूर्व सभासद एवं केन्द्रीय सदस्य रामदुलारी चौधरी विभिन्न भातृ संगठनका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

राप्रपाले आफ्नै नाममा रहेको २ कठ्ठा १२ धुर जग्गामा भवन बनाउन लागेको हो । उक्त भवन निर्माणको लागि सहयोग रकम समेत संकलन हुन थालेको छ ।

पहिलो चरणमा क्षेत्रीय अध्यक्ष मान सिंह साउदबाट एक लाख एकाउन्न हजार, लोक बहादुर रावलबाट एकाउन्न हजार, पुरु दाहालबाट एघार हजार एक सय, नर बहादुर वोगटीबाट पाँच हजार एक सय, रेशम भण्डारीबाट दुई हजार एक सय, रंगनाथ जैसीबाट एक हजार तथा जित बहादुर शाहीबाट पाँच सय संकलन भएको भवन निर्माण समितिले जनाएको छ ।