Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

आइतबार तोलामा ८०० ले बढ्यो सुनको मुल्य, तोलाको कति ?

आइतबार तोलामा ८०० ले बढ्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं । साताको पहिलो दिन(आइतबार) नेपाली बजारमा सुनको मुल्य तोलामा ८०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मुल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।