Loading... आजः २४ फाल्गुन २०७७, सोमबार
बचत गरेको रकम पाइएन

हुलाक बचत बैङ्कको रकम हिनामिना, बचतकर्ता मर्कामा

हुलाक बचत बैङ्कको रकम हिनामिना, बचतकर्ता मर्कामा

बझाङ ।  डडेलधुरा जिल्ला अमरगडी नगरपालिका ५ घर भै हाल बझाङको सदरमुकाम चैनपुरमा होटल ब्यवसाय गर्दै आएका शिवराज पन्त र उहाँकी पत्नी रिता पन्तको संयुक्तm खातामा दश लाख रकम हुलाक बचत बैकमा बचत छ ।

साथै उहाँकी छोरी ममता पन्त र नावालक छोरा र्तिलोक पन्तको हुलाक बचत खातामा १ लाख ७ हजार गरी यो परिवारको हुलाक बचत बैङ्कको खातामा ११ लाख रकम जम्मा गरेका छन् ।

तर यो परिवारले आफ्नो बचत खाताबाट पैसा निकाल्न सकेको छैन । उहाँ जस्तै बझाङ जिल्लाका होटल ब्यवसायी , महिला समुह, ब्यक्तिmगत गरी १७ सय जना बचत कर्ताहरुले हुलाक बचत बैङ्कबाट आफ्नो कारोबार गर्न पाएका छैन्न ।

जिल्ला हुलाक कार्यालयका निमित कार्यालय प्रमुख रण बहादुर कठायत र हुलाक बचत बैङ्कको फाँटमा काम गर्ने कर्मचारी शिवराज उपाध्यायले हुलाक बचत बैङ्कको रकम अपचलन गरेर भष्टचार गरेको आराप लागे पछि हुलाक बचत बैङ्कको कारोबार बन्द हुदाँ सबै बचत कर्ताहरु मर्कामा परेका छन ।

अक्तियार अनुसन्धान आयोगले दुबैजाना कर्मचारीको नाममा रकम अपचलन गरेको आरोपमा विशेष अदालतमा मुद्घा दर्ता गरेपछी गएको चैत महिनाबाट जिल्ला हुलाक बचत बैङ्कमा बचतकर्ताहरुले आफ्नो रकम झिक्न र बचत गर्न पाएका छैन्न ।

“मैले अहिले सम्म होटल ब्यवसायबाट आम्दानी गरेको सबै रकम हुलाक बचत बैङ्कमा जम्मा गरेको थिए शिवराज पन्तले भने , अहिले मलाइ पैसाको साह्रै समस्या परेको थियो खाता बाट पैसा झिन्न पाएको छैन ।

उहाँ जस्तै भोपुर घर भएकी सिता जोशीले पनी महिला समुहको बचत गरेको रकम निकाल्न नपाएको गुनासो गरिन । यि त प्रतिनिधि मात्र हुन हुलाक बैकमा बचत कर्ताहरु दैनिक जसो रकम निकाल्न आउन्छन् तर कर्मचारीहरुले अहिले कारोवार बन्द छ भनेर फिर्ता लगाउने गरेको छ ।

हुलाक बचत बैङ्कको २ करोड ८४ लाख ८९ हजार ९ सय ७१ रकम कार्यालय प्रमुख रणबहादुर कठायतले अपचलन गरेको र दुइ करोड २४ हजार ८ सय ६९ रुपैयाँ कर्मचारी शिवराज उपाध्यायले अपचलन गरेको भन्दै अक्तियार दुरुपयोग अनुसन्धान आयोगले विगो दावि गरेको छ ।

हुलाक बचत बैङ्कमा बचत कर्ताहरुले बचत गरेको यो रकम कार्यालयकै कर्मचारी बाट अनियमितता भएर अक्तियारले मुद्घा दायर गरेपछी हुलाक विभागले तत्कालका लागी कारोबार बन्द गर्ने भन्ने परिपत्र अनुसार २०७६ सालको चैत महिना देखी कारोबार बन्द भएको त्यहाँका कर्मचारी यज्ञराज खत्रीले बताउनु भयो ।

उहाँले हुलाक बचत बैङ्कको सबै रकम ५ करोड ६२ लाख ६२ हजार रकम रहेको मध्य अहिले खातामा ७२ लाख मात्र मौजात देखिन्छ यो रकम बचत कर्तालाइ दिन पनी नपुग्ने र विभाग बाट पनी कारोबार बन्द गर्ने परिपत्र अनुसार बचतकर्ताको रकम फिर्ता दिनेकाम हुन नसकेको बताउनु भयो ।

हुलाक बचत बैङ्कको बचत भएको सबै रकम निमित्त कार्यालय प्रमुख रण बहादुर कठायत र कर्मचारी शिवराज उपाध्यायले अपचलन गरेको हुदाँ हुलाक बचत बैङ्ककमा पैसा नभएको समेत उहाँले जानकारी दिनुभयो ।

एक बर्ष देखी आफ्नो खाताको रकम निकाल्न नपाएर मर्कामा परेका बचतकर्ताहरु दैनिक रुपमा हाम्रो रकम कहिले निकाल्न पाइन्छ भनेर दैनिक धेरै बचतकर्ताहरु कार्यालयमा आउने गरेका समेत उनले भने । हालका कार्यालय प्रमुख झलक रोकायाले भने लेजरमा पैसा देखीन्छ तर खातमा पैसा छैन ।

विभागले कतै सोध भर्ना गरेर बचतकर्ताहरुको रकम दिनु आवश्यक भएको उनको भनाइ छ । उहाँले रकम हिनामिना गर्ने कर्मचारीलाइ अक्तियारले मुद्घा चलाइसकेको हुदाँ उनिहरुबाट असुल उपर गर्ने काम हुदै गरेपनी तर सेवा ग्राहिलाइ यता समस्या परेकाले सरकारले यो समस्यालाइ छिटै समाधान गरिदिए राम्रो हुने वताए ।

सर्वसाधारण नागरिकहरुको सानोतिनो बचत गरेको पैसा हुलाक बचत बैङ्कबाट निकाल्न नपाए पछी आफ्नो पैसा पाउनु पर्ने भन्दै बचतकर्ताहरुले हुलाक कार्यालय , जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवालाहरुलाइ पैसा उपलब्ध गरिदिन माग गर्दै आएका छन ।

कार्यालयका कर्मचारीहरुबाट हुलाक बचत बैङ्कको रकम हिनामिना भएर अक्तियारमा मुद्घा परेर आफ्नो बचत गरेको रकम नपाएपछी बचतकर्ताहरु रकम पाउनेकि नपाउने भनेर अन्यौलमा रहेका छन ।

बचतकर्ताहरुको समस्या देखेर हुलाक कार्यालयका कर्मचारीहरुले पनी रकम उपलब्ध गरिदिन विभागमा परिपत्र गरेपनी अहिले सम्म कुनै निकास नभएको हुदाँ आफुहरुलाइ पनी अप्ठेरो लागेको कर्मचारीहरुको भनाइ छ ।

हुलाक बचत बैङ्कको रकम अपचलन गरेको आरेपमा अक्तियारले मुद्घा लगाएका कठायत र जोशी अहिले धरौटीमा रिया भएका छन ।