Loading... आजः २३ फाल्गुन २०७७, आइतवार
अवहेलना मुद्दा

सर्वोच्च अदालत पुगेर प्रधानमन्त्रीद्वारा लिखित जवाफ पेश (पूर्णपाठसहित)

‘आफूले न्यायालयप्रति कहिल्यै पनि यसो गर उसो गर नभनेको र अदालनप्रति आफू जहिल्यै आदरार्थी भाषाको प्रयोग र सम्मान गर्दै आएको छु ।’
सर्वोच्च अदालत पुगेर प्रधानमन्त्रीद्वारा लिखित जवाफ पेश (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । बिहीबार प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेर सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन् । जवाफमा उनले आफूले न्यायालयप्रति कहिल्यै पनि यसो गर उसो गर नभनेको र अदालनप्रति आफू जहिल्यै आदरार्थी भाषाको प्रयोग र सम्मान गर्दै आएको उल्लेख गरे छन् ।

‘मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तब्य दिएको छु नत कुनै कानुन व्यवसायीलाई बहस नगर्न न्याय सम्पादनमा अवरोध गरेको छु,’ लिखित जवाफमा भनिएको छ, ‘अदालतप्रति मैले जहिले पनि आदरार्थी भाषा प्रयोग गरेको छ ।’ उनले लिखित जवाफमा यस मुद्दाको कुनै प्रयोजन नदेखिएको र अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित भएको हुनाले खारेज गर्न पनि भनिएको छ ।

प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो । गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायधाीशहरू तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

चार पूर्वप्रधानन्यायाधीशले यसअघि नै अदालत गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन् । सर्वोच्चले पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

पूर्णपाठ :