Loading... आजः २ असार २०७८, बुधबार

भोलिदेखि जुनियर प्रिमियर टेनिस प्रतियोगिता हुँदै

भोलिदेखि जुनियर प्रिमियर टेनिस प्रतियोगिता हुँदै

काठमाडौं । जुनियर टेनिस खेलाडीहरुको ‘जुनियर प्रिमियर टेनिस प्रतियोगिता’ हुने भएको छ ।

टेनिस टिम नेपालको आयोजनामा यही फागुन  २ गते (भोलि शनिवार)देखि ७ गतेसम्म धापाखेलस्थित आयोजकको कोर्टमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूहमा प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ । यस्तै यु–८ देखि यु–१६ उमेर समूहमा सहभागिहरुको खुल्ला डबल्स प्रतिष्पर्धा समेत हुने छ ।

प्रतियोगितामा करिब १२९ खेलाडीको सहभागिता रहने र करिब १ लाख ५० हजार खर्च हुने आयोजक टेनिस टिम नेपालका अध्यक्ष अजय विष्टले जानकारी दिएका छन् ।