Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार
मौसम पूर्वानमान महाशाखा

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने

उच्च पहाडी भूभागमा सामान्य हिमपात
मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने

काठमाडौं ।  देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो ।

आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन ।

माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र परिहाले पनि फाट्टफुट्ट मात्रै पर्ने बताउनुभयो ।

हिउँदको समयमा पर्याप्त पानी नपर्दा किसानले लगाएको हिउँदे बाली उत्पादनमा गिरावट आउने कृषिविज्ञहरुले बताएका छन् ।