Loading... आजः २ असार २०७८, बुधबार

लुम्बिनीको प्रदेशको स्थापना दिवस देउखुरीमा मनाइने

लुम्बिनीको प्रदेशको स्थापना दिवस देउखुरीमा मनाइने

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ देउखुरीमा मनाउने प्रदेशको तेस्रो स्थापना दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सचिव रविलाल पन्थले शुक्रबार पत्रकार सम्मेलन गरेर फागुन २, ३ र ४ गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रदेश स्थापना दिवसको मूल समारोहको कार्यक्रम देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुनेछ । प्रदेशका कुनै पनि संरचनाहरू नसरे पनि तेस्रो स्थापना दिवस भने देउखुरीमा मनाउन लागिएको हो ।

प्रदेशका १२ वटै जिल्लाहरुको सहभागिता हुने गरी स्थापना दिवसको तयारी गरिएको जनाइएको छ ।