Loading... आजः २४ फाल्गुन २०७७, सोमबार
सोनाम ल्होसार

तामाङ तथा शेर्पा समुदायको विशेष पर्व सोनाम ल्होसार आज मनाइँदै

दुवै समुदायले विविध कार्यक्रम गरी मनाउँदै
तामाङ तथा शेर्पा समुदायको विशेष पर्व सोनाम ल्होसार आज मनाइँदै

काठमाडौं । तामाङ तथा शेर्पा समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व मनाउँदैछन् । माघ शुक्ल प्रतिपदाका दिन दुवै समुदायले सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश भएसँगै २८५७औँ वर्ष सुरु हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार पर्व मनाइँदै आएको छ ।

सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएकाे छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशमा विशेष रुपमा मनाइने यस पर्वमा बौद्ध क्षेत्रमा विभिन्न कार्यक्रम गरिन्छ ।