Loading... आजः २४ फाल्गुन २०७७, सोमबार

आन्दोलनको मैदान बन्यो रामकुमारी झाँक्रीको घर !

आन्दोलनको मैदान बन्यो रामकुमारी झाँक्रीको घर !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि रामकुमारी झाँक्रीको घरमै नाराबाजी भएको छ । बिहीबार झाँक्रीलाई पक्राउ गर्न उनको घरमै प्रहरी पुगेको हो ।

त्यसपछि आक्रोशित नेकपा र नेकपाको जनसंगठनका नेता–कार्यकर्ता जुलुस लिएर घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । शंखमूलस्थित उनको घरको प्रांगणमा नाराबाजी भइरहेको छ । प्रहरीले झाँक्रीलाई अहिलेसम्म पक्राउ भने गरिसकेको छैन ।