Loading... आजः २ असार २०७८, बुधबार

बलात्कारबिरुद्ध नागरिक समाजको मार्च पास हुँदै

बलात्कारबिरुद्ध नागरिक समाजको मार्च पास हुँदै

काठमाडौं । बलात्कारबिरुद्ध शुक्रबार नागरिक समाजका अगुवाले बसन्तपुरदेखि सिंहदरबारसम्म मार्चपास गर्ने भएका छन् ।

बलात्कारका घटना बढ्दै जाँदा बलात्कारबिरुद्ध  वृहत नागरिक आन्दोलन हुन लागेको हो  ।

बलात्कारीको सुरक्षा गर्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै समाजले अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने बताएको छ ।

“हामी सडकमा चुनौति दिन्छौँ, एकपछि अर्को बलात्कारका घटनालाई सामान्य रुपमा हेरिदैँ आएको छ । सयौँ अपराधीको पहरेदारी गर्ने सत्ता हामीलाई चाहिँदैन,” समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “बलात्कारलाई कहिलेसम्म सामान्य रुपमा हेर्ने ?”

शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्चपास गर्ने वृहत नागरिक आन्दोलनले जनाएको छ ।

गत बुधबार बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । तर, यसको अहिलेसम्म अपराधी पत्ता लागेको छैन ।